Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ऋणपत्र निष्कासन खुला

अर्थ संसार

शनिबार, २३ कार्तिक २०७६, १२ : ५६ मा प्रकाशित

प्रभु बैंकको ऋणपत्र निष्कासन खुला

अर्थ संसार, काठमाडौं -भु बैंक लिमिटेडले कात्तिक २१ गतेदेखि १० दशमलव २५ प्रतिशतnप्रभु डिबेन्चर २०८६ निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । निष्कासन बन्द छिटोमा कात्तिक २५ गते हुनेछ भने ढिलोमा मंसिर २० गते हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।

ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुने छ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ ।

सो ऋणपत्रलाई इक्रा रेटिङ नेपालले इक्रा नेपाल एलबिबिबी रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम मध्यम रहेको संकेत गर्छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख रहेको छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले असोज ७ गते अनुमति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको