Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउनु त भएन सनराइज बैंकको साधारण सभा ?(हेर्नुहोस भिडियोमा)

मिलन खड्का

आइतबार, २४ कार्तिक २०७६, १२ : ११ मा प्रकाशित

अर्थ संसार, काठमाडौ–तपाइले छुटाउनु त भएन सनराइज बैंकको साधारण सभा ? सनराइज बैंकको १२ औँ साधारणसभा  कार्तिक १५ गते  नक्सालस्थित नक्साल ब्यांकेट नारायणचौर, काठमाडौंमा सम्पन्न गरेको थियो । सभाले  १५.८५ प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र ५.८५ नगद गरी कुल १५.८५ लाभांश दिएको हो । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर बाँडेको हो । यस्तै, ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँको नगद लाभांश पनि दिएको छ  ।

बैंकको  चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको हुँदा बोनसपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ पुगेको छ ।

साधारण सभा प्रयोजनका लागि सनराइजले कात्तिक १ गते बुक क्लोज गरेको थियो । शेयरधनीहरुले  असोज ३० गतेसम्म कायम गरेको लाभांश पाएका छन् ।


हेर्नुहोस भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको