Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नाफा ६२ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २५ कार्तिक २०७६, १० : २५ मा प्रकाशित

प्रभु बैंकको नाफा ६२ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?


अर्थ संसार, काठमाडौं-प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा रकम गत वर्षको यही अवधिको भन्दा ५.०१ प्रतिशत धेरै हो । गत वर्ष बैंकले ५९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
बैंकले खुद ब्याज आम्दानी २४.१०प्रतिशत र सञ्चालन नाफा ९.०१ प्रतिशतले बढाउन सफल भएको छ । यस्तै प्रभुले निक्षेप संकलन, कर्जा लगानी लगायत अन्य महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ ।
 
बैंकले हाल कायम ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजीबाट १६प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । यस्तै, कर तिर्न ०.८४२प्रतिशत नगद लाभांश दिने जनाएको छ । बोनस वितरणपछि पुँजी १० अर्ब ३१ करोड ५५ लाख २ हजार रुपैयाँ पुग्नेछ ।
 
बैंकको  प्रतिशेयर आम्दानी भने थोरैले घटेर २८ रुपैयाँ २७ पैसामा सिमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २९ रुपैयाँ ०७ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने ८ रुपैयाँ ११ पैसाले बढेर १६७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको