Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको शेयर मूल्य समायोजन, कतिमा हुदैँछ कारोबार ?

मिलन खड्का

मंगलबार, २६ कार्तिक २०७६, १२ : १५ मा प्रकाशित

प्रभु बैंकको शेयर मूल्य समायोजन, कतिमा हुदैँछ कारोबार ?

अर्थ संसार, काठमाडौं–नेप्सेमा प्रभु बैंकको शेयर मूल्य समायोजन भएको छ ।बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरिएको हो।  

समायोजनपछि प्रतिकित्ता भाउ २३०.१७ पैसा कायम भएको छ । मंगलबार यही मूल्यलाई आधार मानेर प्रभुको कारोबार खुलेको हो ।

मंसिर ६ गते साधारण सभा बोलाएको यो बैंकले मंगलबार (कात्तिक २६ गते) बुक क्लोज गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश पाउनेछन्।  

साधारण सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।  

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको