अर्थ संसार, काठमाडौं -नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण शेयर (आइओि) निश्कासन गर्ने तयारी थालेको छ । जसका लागि बैंकले यही मंसिर २९ गते आइतबार बेलुका ४ बजे र्याडिसन होटलमा प्रथम साधारणसभा बोलाएको छ ।
साधारणसभाले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी संचालक समितिको निर्णय बमोजिम बैंकको जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ४० प्रतिशत सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी कर्मचारीलाई छुट्याइएको ८ करोड सर्वसाधारणलाई निश्कासन आइपिओ गर्ने सम्बन्धी प्रस्ताव माथि छलफल गरी पारित गर्ने ।
साथै, आइपिओ निश्कासन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने लगायतको प्रस्तामाथि छलफल गरी पारित गर्नेछ ।
सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस