Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि सुलभले शेयर लिलामी गर्दै

अर्थ संसार

शुक्रबार, ०६ मंसिर २०७६, ०८ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ ले स्वामित्वमा रहेको शेयर तथा ऋणपत्र मंसिर ५ गतेदेखि बिक्री गरेको छ । कात्तिक २ गतेदेखि परिपक्व भएको यस योजनाले तीन महिनाभित्र इकाइधनीलाई स्वामित्वको अनुपातमा नगद फिर्ता दिनुपर्ने हुन्छ ।

कस्तो कम्पनीको शेयरमा लगानी गर्ने, प्रोफिट बुक कसरी गर्ने ? ब्रोकर नं. २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठको विश्लेषण (भिडियोसहित) 

योजनाले फन्डको नाममा रहेको अधिकांश शेयर बिक्री गरिसकेको र ऋणपत्र तथा सूचीकरण हुन बाँकी बोनस, हकप्रद शेयर र मर्जरमा प्रक्रियामा रही रोक्का भएका सेयर लिलामीमा बिक्री गर्न लागेको हो । योजनाले ११ बैंक तथा वित्तीय संस्था र पाँच कम्पनीको ऋणपत्र लिलामीमा राखेको छ ।

खरीदकर्ताले मंसिर ११ गतेसम्म त्यस्ता शेयरमा लिलामी आवेदन दिन सक्नेछन् । योजनालले कम्पनीको लिलामी मूल्य न्युनतम १ सय तोकेको छ भने ऋणपत्रको १ हजार रुपैयाँ तोकेको छ । यस्ता सेयर खरिद गर्ने खरिदकर्ताले धरौटीबापतको रकम एनएमबि बैंक क्यापिटल खाता नम्बर ००१०००५४०१००००३२ मा जम्मा गनुपर्ने जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको