Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले घटेको शेयर बजारमा २९ करोडको कारोबार

अर्थ संसार

मंगलबार, १० मंसिर २०७६, १६ : ३६ मा प्रकाशित

झिनो अंकले घटेको शेयर बजारमा २९ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको तेस्रो दिन (आज) मंगलबार शेयर बजारमा झिनो अंकले घटेको छ ।  बजार ०.९१ अंकले घट्दा नेप्से इन्डेक्स ११०९.१७ विन्दुमा आइपुगेको छ।

 कुल १६५ वटा कम्पनीको ११ लाख ३४ हजा १५ कित्ता शेयर खरिदविक्री हुँदा २९ करोड ५८ लाख ६९ हजार १८० रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.११ अंकले बढेको छ ।  

मंगलबारको शेयरतालिका

सामान्य अंकले घटेको बजारमा बैकिङ ०.८३ अंक, व्यापार १९.०२ अंक र जलविद्युत ०.८५ अंकले  बढेको छ । यता, होटल १०.३९ अंक, विकास बैंक ०.४८ अंक, फाइनान्स २.१२ अंक, नीर्जीवन लाइफ  इन्स्योरेन्स १३.३२ अंक, उत्पाद १६.२९ अंक, अन्य ३.९४ अंक, माइक्रोफाइनान्स १.९९ अंक, लाइफ इन्स्योरेन्स ८.४६ अंक र सामूहिक लगानी कोष ०.०३ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको