अर्थ संसार, काठमाडौं-प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्कासन गर्ने भएको छ । प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक ३/३ महिनामा ब्याज भुक्तानी हुने गरी २ अर्ब रुपैयाँ बराबरको 'प्रभु बैंक डिबेञ्चर–२०८४' नामक ऋणपत्र सार्वजनिक गरी निष्काशन गर्न लागेको हो।
बैंकले डिबेञ्जर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ ।
सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस