Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक बुम रेमिटको एजेन्ट

मंगलबार, १८ असोज २०७३, १६ : ३६ मा प्रकाशित

जनता बैंक बुम रेमिटको एजेन्ट


अर्थ संसार
काठमाडौं–बुम रेमिट्यान्सले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १ हजार ८ सय वटाभन्दा बढी सब–ऐजेन्टहरु छन् ।दुवै कम्पनीबीच भएको सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बंैकको तर्फबाट सहायक महाप्रबन्धक कल्याणबिक्रम पाँडेले हस्तक्षर गरे ।

बुम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ ।  चाडै मलेसिया, कोरिया, जापान, क्यानाडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति रहेको जानकारी प्रबन्ध निर्देशक पन्तले दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको