Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : क्यानडा र बोस्निया बराबरीमा रोकिए

अर्थ संसार

शनिबार, ३० जेठ २०८३, ०७ : ३६ मा प्रकाशित

विश्वकप फुटबल : क्यानडा र बोस्निया बराबरीमा रोकिए

फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सकिएको छ । सहआयोजक समेत रहेको क्यानडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक÷एक गोलको बराबरी खेलेको हो ।

खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक÷एक अंक बाँडेका छन् । विश्वकपको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वेले खेलिरहेका छन् । सन् २०१० पछिका तीन विश्वकपमा पाराग्वे छनोट हुन सकेको थिएन । अमेरिकाले १६ वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेलिरहेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको