Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १ अर्ब २७ करोडको कारोवार

अर्थ संसार

शनिबार, २१ मंसिर २०७६, १९ : ३८ मा प्रकाशित

शेयर बजारमा १ अर्ब २७ करोडको कारोवार

अर्थ संसार, काठमाडौं- धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर कारोवार हुने पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले समेत गति लियो ।

साताभर कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल ४५ लाख ६७ हजार ८५९ कित्ता शेयर रु एक अर्ब २७ करोड २४ लाख २९ हजार ५३७ मूल्य बराबरको कारोवार भयो । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखियो ।

नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटियो । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भए । सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । कूल १६४ कम्पनीका आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरिद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुग्यो । कूल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुग्यो । कूल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भयो । त्यसदिन नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भए । कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको