अर्थ संसार, काठमाडौं– जय लघुवित्त वित्तीय संस्थाले आव २०७५/७६ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
संस्थाले १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश गर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यसमा शेयर लाभांशतर्फ रु दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ रु ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस