Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले गर्यो लाभांस घोषणा, शेयरधनीले बोनस र पैसा दुबै पाउने

मिलन खड्का

मंगलबार, २४ मंसिर २०७६, १३ : ११ मा प्रकाशित

कृषि विकास बैंकले गर्यो लाभांस घोषणा, शेयरधनीले बोनस र पैसा दुबै पाउने

अर्थ संसार, काठमाडौं– कृषि विकास बैंकले गत वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांस घोषणा गरेको छ। 

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३० %  लाभांस शेयरधनीलाई दिने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस तथा २४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्तावित लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ । राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट अनुमोदन भए पछि प्रस्तावित लाभांस लगानीकर्ताले पाउने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको