अर्थ संसार, काठमाडौं–लुम्बिनी विकास बैंक लिमिटेडले गत वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांस घोषणा गरेको छ। 
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २०  %  लाभांस शेयरधनीलाई दिने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ५  प्रतिशत बोनस तथा १५  प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्तावित लाभांस स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ । राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट अनुमोदन भए पछि प्रस्तावित लाभांस लगानीकर्ताले पाउने छन् ।
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस