Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ११.७६ अंकले बढ्यो

निशा हुमाँगाई

विहीबार, २६ मंसिर २०७६, १५ : ३७ मा प्रकाशित

सेयर बजार ११.७६ अंकले बढ्यो

अर्थ संसार, काठमाडौ - गत सातादेखि सुधारको क्रममा रहेको पूँजी बजार मापक नेप्से यो साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि ११।७६ अंकले बढेको छ।

आज निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ३ सय ३२।०४ अंकले बढेको छ । त्यसैगरी, जीवन बिमा कम्पनी समूहको सूचक पनि २ सय ७८।६९ अंकले उकालो लाग्न पगेको छ ।

नेप्से बढेर ११७२।६४ अंकमा पुगेको छ। उक्त दिन कुल १२ समूहमध्ये ७ समूहको सूचक बढेको छ भने ५ समूहको सूचक घटेको छ। टेड्रिङ समूह, उत्पादन तथा प्रशोधन समूह, माइक्रोफाइनान्स समूह, होटल समूह र अन्य समूहको सूचक ओरालो लाग्न पुग्यो।

उक्त दिन अघिल्लो दिन भन्दा बढी रकमको सेयर कारोबार भएको छ। आज ७६ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उक्त दिन स्वलम्बन लघुवित्त संस्था संस्थापक सेयर सबैभन्दा बढी ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर भएको छ। उक्त संस्थाको ४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा एनएमबी बैंकको सेयर रहेको छ। उक्त बैंकको ३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको