Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदीकाे लाभांश घोषणा

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १४ : ३१ मा प्रकाशित

युनाइटेड मोदीकाे लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेकोे छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समितिकाे बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२% का दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन् । कम्पनीले ९ करोड ६८ लाख ३० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

अघिल्लो आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक वर्षको कमाईबाट भने लाभांशदर बढाएको हो । 

हाल युनाइटेड मोदीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले यही चुक्ता पुँजीबाट नगद लाभांश प्रस्ताव गरेको हो । युनाइटेड मोदीले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ ।

सभा युनाइटेड वल्र्ड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १० गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको