Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन कारोबार संख्या अत्यन्तै न्यून, ९९ प्रतिशत कारोबारीहरु प्रणाली बाहिर

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १५ : ०३ मा प्रकाशित

अनलाइन कारोबार संख्या अत्यन्तै न्यून, ९९ प्रतिशत कारोबारीहरु प्रणाली बाहिर

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जको अनलाईन प्रणाली सञ्चालनमा आएको १ वर्षभन्दा बढी समय बितिसक्दापनि ९९ प्रतिशत कारोबारीहरुले अफलाईन कारोबार गर्ने गरेको पाइएको छ ।

नेप्सेले आज सार्वजनिक गरेको एक सूचीअनुसार कूल कारोबारीको एक प्रतिशतले मात्र अनलाईन प्रणालीको प्रयोग गरेर शेयर खरीद बिक्री गरिरहेका छन्  । तथ्यांकअनुसार अनलाईन कारोबार प्रणालीको प्रभावकारिता न्युन देखिएको छ । 

 दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या १३ लाख ५८ हजार ७२७ जना पुगेका छन् । ब्रोकर कार्यालयमा खाता खोलेर लगानी गर्नेहरुको संख्या नेप्सेले सार्वजनिक गरेको हो । यसमध्ये अहिलेसम्म १६ हजार ५७३ जनाले मात्रै अनलाइन प्रणालीमार्फत सेयर कारोबार गरेका छन् ।

यसआधारमा प्रविधि प्रयोग गर्नेको संख्या अत्यन्तै न्यून रहेको देखिन्छ ।  बाँकी लगानीकर्ताले ब्रोकर कार्यालयमा नै गएर सेयर खरिद गर्दै आएका छन् । यस्ता लगानीकर्ताको संख्या १३ लाख ४२ हजार १५४ जना रहेको छ । 

सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता भिजन सेक्युरिटिज (३४ नम्बर) मा रहेका छन् । भिजनबाट १ हजार ५३३ जनाले अनलाइन कारोबार गरेका छन् । यता, अनलाइन र अफलाइन गरी सबैभन्दा धेरै लगानीकर्ता एबीसी सेक्युरिटिजमा रहेका छन् । यसमा ६६ हजार ३६ जनाले सेयर खरिद बिक्री गर्ने गरेको नेप्सेले जनाएको छ ।

नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै नेप्सेले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको थियो ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको