Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिनपछि प्रभुको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

बुधबार, १९ असोज २०७३, १० : ४२ मा प्रकाशित

दुई दिनपछि प्रभुको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

 

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सकिएपछि राष्ट्र बैंकको स्वीकृतिमा भएको प्रभु बैंकको आंशिक सेयर कारोबार स्थगन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । 

गाभ्ने गाभिने कार्य सम्पन्न भएपछिसंगठित संस्थाको शेयर बोर्डमा अभिलेख गरेर मात्र शेयर कारोवार हुने व्यवस्था छ । ग्रान्ड र प्रभु गाभिएर बनेको प्रभु बैंकको शेयर बोर्डमा अभिलेख नगरी आशिंक रुपमा खुल्ला गरिएकामा बोर्डले असन्तुसष्टी जनाएको  छ । बोर्डले अवदेखि गाभ्ने गाभिने कार्य सम्पन्न भएपछि एकीकृत शेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको छ ।

दुवै बैंक गाभिएर प्रभु बैंकको नाममा गत बर्षको माघ २९ देखि एकिकृत कारोबार गरेका थिए । राष्ट्र बैंकले गाभिएपछि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गर्ने स्वीकृति दिएपछि सोमबारदेखि कारोबार भएको थियो । दुई दिन कारोबार हेरेर बसेको नेप्सेले मंगलबार साँझ मात्र कारोबार रोक्न निर्देशन दिएको छ । 

यसअघि राष्ट्र बैंकले ग्राण्ड बैंक गाभेको प्रभु बैंकलाई उसको पहिलेको आफ्नो सेयरमात्र कारोबार गर्न खुला गरिदिने निर्णय गरेको थियो । यसको असर सेयर कारोबारमा मात्र हैन प्रभु बैंकको पुँजी बृद्धि योजनामा समेत परेको  छ। 

राष्ट्र बैंकले सुझबुझसाथ निर्णय नलिदा प्रभु बैक समस्यामा परेको बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक सेरचनले अर्थसंसारसँग भने । राष्ट्र बैंकले भने ग्राण्ड बैंकतर्फको हिसावकिताव नोक्शानीमा रहेकाले त्यो पुर्ति नभएसम्म सेयर कारोबार नखोल्ने निर्णय गरेको जनाएको छ ।

यसैविच नेपाल स्टक एक्सचेन्जले पनि सोमबार पत्र लेखी राष्ट्र बैंकलाई प्रभु बैकलाई ग्राण्ड बैंकको पनि कारोबार खुलाउन आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो ।

‘मर्जर सम्पन्न भएपछि मार्जमा गएका सबै कम्पनीको सेयरको कारोबार सञ्चालन हुनु पर्ने र सोहीअनुसार सेयर संख्या, मूल्य एवं बजार सूचकांक समायोजन हुनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको भन्दै नेप्सेले  प्रभुको सेयरका बारेमा उत्पन्न व्यहारिक कठिनाइलाई संवोधन गरि दिन राष्ट्र बैंकसँग आग्रह गरेको थियो । प्रभुले डुब्न लागेको ग्रान्ड बैंकलाई उद्धार गरेर आफूमा गाभेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको