Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह सम्पन्न, कति दीक्षित भए ?

निशा हुमाँगाई

विहीबार, ०३ पुस २०७६, १६ : १७ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह सम्पन्न, कति दीक्षित भए ?

अर्थ संसार, काठमाडाैं - त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह आज सम्पन्न भएकाे छ । पुल्चोक क्याम्पसमा आयोजना भएको समारोहमा १० हजार १ सय ८४ जना विद्यार्थी दीक्षित भएका छन् ।

यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८४ विद्यार्थीले मात्र फारम भरेका परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी, मानविकी संकायतर्फ २ हजार ९१ जना, इन्जिनियरिङमा १ हजार १८६ जना, विज्ञानतर्फ १ हजार ९८ जना र चिकित्सा तर्फ ८६४ जना विद्यार्थी दीक्षित भएका छन् ।

साथै, कानुनमा १८० जना, वन विज्ञानमा ३३ जना, कृषि तथा पशु विज्ञानमा १३२ जना, शिक्षामा ७७१ जना दीक्षित भएका छन् । त्यस्तै, पीएचडी मा ८५ जना र एमफीलमा ४० जना दीक्षित भएका छन् ।

उक्त समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिएको थियाे ।

5dfb584cbfc1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको