Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, कति पुग्याे ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १२ : २६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, कति पुग्याे ?

 अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ८.९६% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कर सहित उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

 बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र  उक्त लाभांश वितरण गरिन्छ ।

बैंकले गत वर्ष  ४% बोनस सेयर र ५.४५% नगद गरी कूल ९.४५% लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको