Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले बाेलायाे एजीएम, शेयरधनीलाई कति लाभांश दिँदै ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १२ : ४५ मा प्रकाशित

कृषि विकास बैंकले बाेलायाे एजीएम, शेयरधनीलाई कति लाभांश दिँदै ?

अर्थ संसार, काठमाडौं – कृषि विकास बैंकले १३औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले पुस २७ गते सभा बोलाएको हो । साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा ३०% लाभांश पारित गर्ने विशेष प्रस्ताव हुनेछ ।

बैंककाे सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६% बोनस सेयर र करसहित २४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, अग्राधिकार सेयरधनीलाई पनि ६% नगद लाभांश वितरण गरिनेछ ।

सभामा बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषयहरु समावेश गरिएको बैंकको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेकाे छ ।

यसका साथै, साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । पुस १० गते बिहीबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले  मात्र लाभांश पाउनेछन् ।   

हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेकाे छ । बोनस वितरणपछि चुक्ता पुँजी १५ अर्ब ३१ करोड ५१ लाख ३४ हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको