Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट सारथी र सत्यवत्ती लघुवित्तकाे एकीकृत कारोबार सुरु, के जुराइयाे नाम ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १३ : ३१ मा प्रकाशित

आजबाट  सारथी  र सत्यवत्ती लघुवित्तकाे एकीकृत कारोबार सुरु, के जुराइयाे नाम ?

अर्थ संसार, काठमाडौं – सारथी लघुवित्त र सत्यवत्ती लघुवित्तले शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले मंसिर १३ गते र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २ गते अन्तिम स्वीकृति दिएका थिए ।

मर्जर पश्चात अब सारथी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार खुल्ला गरिएको छ । दुई कम्पनीबिच मर्जर सम्झौतामा कात्तिक २१ गते हस्ताक्षर भएको थियो ।

यसैगरी, सारथीको गत कात्तिक ६ गते सम्पन्न विशेष साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

यसका साथै, अब कम्पनीको केन्द्रीय कार्यालय ब्यास नगरपालिका २, दमौली तनहुँमा रहने भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको