Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तले लिलामी शेयर खुलाउँदै , कति र कहिले ?

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १६ : ४६ मा प्रकाशित

समता लघुवित्तले लिलामी शेयर खुलाउँदै , कति र कहिले ?

 अर्थ संसार, काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले पुस ११ गतेबाट १ लाख ६१ हजार ७३८ कित्ता हकप्रद सेयर लिलामीमा ल्याउने भएकाे छ । जसमा संस्थापक समूहको ८४ हजार ५९८ कित्ता र सर्वसाधारण समूह तर्फको १ लाख ६१ हजार ७३८ कित्ता सेयर रहेको छ ।

कम्पनीले २००% हकप्रद सेयर जारी गर्दा सबै नबिकेपछि बाँकी रहेको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यो लिलामी सेयरमा पुस ११ गते देखि २२ गतेसम्म आवेदन पेश गर्न सकिनेछ ।

साथै, यसमा न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ। यसका लागी एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, यसको साखा पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दसनगर वीरगन्ज र गोल्छाचोक बिराटनगरबाट पनि आवेदन दिन सकिन्छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन दिन सकिन्छ ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक हरिशंखर रोड, बाग्लुङ शाखाबाट पनि लिलामी सेयरमा आवेदन भर्न सकिनेछ ।

हाल कम्पनीको चुक्तपूँजी रू.६ करोड ६ लाख रहेको छ । हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापूँजी रू.१८ करोड २० लाख १६ हजार पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको