Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १ अर्ब ७२ करोडको कारोबार

अर्थ संसार

शनिबार, ०५ पुस २०७६, १८ : ५३ मा प्रकाशित

शेयर बजारमा १  अर्ब ७२ करोडको कारोबार

अर्थ संसार, काठमाडौं - अघिल्लो साता उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक यस साता भने निरन्तर घट्दो क्रममा रह्यो । साताभर कूल १७२ कम्पनीका शेयर कारोवार भए ।

दुई सातादेखि लगातार बढेको शेयरबजार तेस्रो साताको प्रारम्भमै भने ओरालो लाग्यो । साताभर कूल ६५ लाख २१ हजार ३४ कित्ता शेयर रु एक अर्ब ७१ करोड ९९ लाख आठ हजार ७९२ मूल्यमा खरीद बिक्री भए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नै कारोवार मापक सूचक ४.७८ अङ्कले घटेर एक हजार १६७ अङ्कमा झ¥यो । कूल १७२ कम्पनीको २० लाख ७२ हजार २३६ कित्ता शेयर रु ६८ करोड ६० लाख ७६ हजार १११ मा किनबेच भयो ।

गत मङ्सिर १६ देखि शेयरबजार लगातार बढ्दो क्रममा थियो । लगातार आठ कारोवार दिनमा सूचक ६० अङ्कले बढेको थियो । तर, यस साताको पहिलो दिन आइतबार नै बजारले नकारात्मक लय समात्यो । यस्तै सोमबार नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुग्यो । कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मङ्गलबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । त्यस दिन नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए ।

बुधबार भने नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चियो । कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से पुनः ओरालो लाग्यो । त्यस दिन नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुग्यो । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता शेयर रु ४१ करोड ९० लाख ८८ हजार १३३ मूल्यमा खरीद बिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको