Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्सले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १३ : ५७ मा प्रकाशित

युनाइटेड फाइनान्सले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – युनाइटेड फाइनान्सले पुस २९ गते २५औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश पारित गरिने उक्त सभा कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

सभामा सञ्चालक समितिबाट सिफारिस भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ६.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, भारतको मुत्तूट फाइनान्सबाट सञ्चालक समितिमा १ जना प्रतिनिधित्व रहनेबाहेक संस्थापक शेयरधनीको तर्फबाट ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ ।

फाइनान्सले लाभांश वितरण प्रयोजनार्थ पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ । पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

हाल एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित तीन प्रतिशत बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको