Like us!
Follow us!
Connect us!
Watch us!

बम्पर लाभांश सहित नेपाल टेलिकमकाे एजीएम मिति तय, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, ११ : २१ मा प्रकाशित

बम्पर लाभांश सहित नेपाल टेलिकमकाे एजीएम मिति तय, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले १२औं साधारण सभा बाेलाएकाे छ । उक्त सभा पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे सुरु हुने भएकाे छ । टेलिकमले ४५% नगद लाभांश दिने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई प्रतिशेयर ४५ रुपैयाँका दरले नगद दिने प्रस्ताव गरेको हो । अबकाे साधारण सभाले अनुमोदन गरेपछि प्रस्ताव पारीत हुनेछ । 

सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रभु बैंकका सिइओ अशोक शेरचनको तलब/भत्ता २ करोड २९ लाख, कर्मचारी खर्च १ अर्बमाथि 

सभामा कम्पनीकाे मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजीमा लगानी गर्ने प्रस्ताव पनि राखिनेछ ।

त्यसैगरी, विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर सेयरिङ गर्ने प्रयोजन समेतका लागि सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि राखिंदैछ ।

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

 

5e01a401ea58f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको