Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका सिइओ अशोक शेरचनको तलब/भत्ता २ करोड २९ लाख, कर्मचारी खर्च १ अर्बमाथि

अर्थ संसार

मंगलबार, ०८ पुस २०७६, ११ : १९ मा प्रकाशित

प्रभु बैंकका सिइओ अशोक शेरचनको तलब/भत्ता २ करोड २९ लाख, कर्मचारी खर्च १ अर्बमाथि

अर्थ संसार, काठमाडौं– प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लागि गत आर्थिक वर्षमा २ करोड २९ लाख ८९ हजार रुयैयाँ खच गरेको छ । बैंकका सिइओमा युवा बैंकर  अशोक शेरचन  छन् ।

बैंकले  अशोक शेरचनलाई   गत आर्थिक वर्ष १ करोड ८० लाख ७४ हजाररुपैयाँ तलब, २३ लाख ३६ हजार रुपैयाँ बोनस, २५ लाख ७८ हजार रुपैयाँ  दशैं तथा बिदा वापत भत्ता  गरी कुल २ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ ।   बैंकले खर्च गरेको सवै रकम सिइओको खल्तीमा जादैन । आफ्नो केही पतिशत कम सरकारलाई कर तिरेको छन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट! 

त्यसैगरी, बैंकले उच्च व्यवस्थान तहमा रहेका अन्य कर्मचारीका लागि गत वर्ष २ करोड ३१ लाख ५ हजार रुपैयाँ, खर्च गरेको छ ।

जसमा तलव/भत्ता १ करोड ९८ लाख रुपैयाँ, बोनस १७ लाख ९९ हजार रुपैयाँ, दशै तथा विदा वापत भत्ता १५ लाख ६ हजार गरी कुल २ करोड ३१ लाख ५ हजार रुपैयाँ खर्च गरेको हो । बैंकले कर्मचारीहरुका लागि बोनस सहित १ अर्ब ७४ करोड ७७ लाख ६० हजार ९५० रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकले संचालक खर्च १ अर्ब ३३ करोड ५८लाख ४५ हजार ९५८ रुपैयाँ  खर्च गरेको छ ।

बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षलाई प्रतिबैठक १२ हजार, सदस्यहरुलाई प्रति बैठक १० हजार, उपसमितिको बैठक भत्ता १० हजार , अध्यक्षलाई टेलिफोन खर्च प्रतिमहिना ११ हजार, सदस्यहरुलाई प्रतिमहिना १० जार गरी गत आर्थिक वर्षमा बैंकले अध्यक्ष र संचालकहरुलाई ३० लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर र ०.८४२१ प्रतिशत नगद लांशस  दिएको छ । बैंकले  गत मंसिर ६ गते शुक्रबार बैंकको केन्द्रिय कार्यालय बवरमहल, काठमाडौंमा सम्पन्न गरेको थियो ।

लाभांश पारितसँगै प्रभु बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

प्रभु बैँकको साधारणसभाः भरीभराउ सभामा भयो यस्तो ? (भिडियोसहित) 

शेयरधनी भक्ति प्रसाद उप्रेतिको मेगा बैंकलाई आरोप : बैंकले साधारणसभाको सम्पूर्ण अधिकार अपहरित गर्न खोज्यो ( भिडियो सहित) 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको