Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशले अर्काे वर्ष शेयरधनीलाई १५ -२० % लाभांश दिन्छ - सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना (भिडियोसहित)

अर्थ संसार

बुधबार, ०९ पुस २०७६, १६ : ५७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  नेपाल बंगलादेश बैंकले  आर्थिक वर्ष २०७६/६७ मा शेयरधनीलाई १५ देखि २० प्रतिशत लाभांश दिने प्रतिवद्धता शेयरधनीलाई गरेको छ ।

  गत पुष ७ गते सोमबार राष्ट्रिय सभा गृहमा भएको  २५ औं वार्षिक साधारणसभा  बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढ्ंगानाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । साधारणसभामा बोल्ने अधिकांश शेयरधनीले  आगामि आर्थिक वर्षमा लाभांश बढाउनु पर्नेमा जोड दिएका थिए ।

नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ? 

वार्षिक साधारणसभा शेयरधनीको प्रश्नमाथि जवाफ दिँदै सिइओ ढुंगानाले भने ‘हाम्रो २५ वर्षको यात्रामा १० वर्ष त हामीले खुलेर व्यापार गर्न पाएनौ, यसबीचमा राष्ट्र बैंकले हाम्रो बैंक जिम्मा लिदाँ  कर्जामा बन्देज, निक्षेपमा बन्देज, शाखा खोल्न बन्देज लगायतको कारणले हामीले खुलेर काम गर्न सकेनौं ।

तर बाँकी ६–७ वर्षको अवधिमा हामीले राम्रै प्रगित गरेको छौं र आगामि आर्थिक वर्षहरुमा शेयरधनीलाई १५ देखि २० प्रतिशत लाभांश दिनेछौ ।’

बैंकले  आर्थिक वर्ष २०७५/७६ मा चुक्ता पुँजीको ७ प्रतिशत (बोनस शेयर तथा नगदल लाभांशमा लाग्ने  कर समेत गरी) का दरले नगद लाभांश  र ५ प्रतिशत बोनस शेयर  लाभांश दिएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको