Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे विदेशी मुद्राको विनिमयदर

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, ११ : १६ मा प्रकाशित

बढ्याे विदेशी मुद्राको विनिमयदर

अर्थ संसार, काठमाडौं –  आज (शुक्रबार) नेपाली बजारमा ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६३ पैसा ताेकिएको छ । हिजो खरिददर २९६ रुपैयाँ ०७  पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । 

 शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा ताेकिएको छ । हिजो बिहीबार खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा ताेकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको थियो ।

त्यसैगरी, कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८९ पैसा ताेकिएको छ । हिजो खरिददर ३७४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा नै रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४२ पैसा ताेकिएको छ । हिजो खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा रहेको थियो ।

साथै, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा ताेकिएको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको