Like us!
Follow us!
Connect us!
Watch us!

अर्घाखाँचीको देउरालीमा एनआईसी एशियाकाे शाखारहित बैंकिङ्ग सेवा संचालन, स्थानीयवासीलाई यस्तो फाइदा

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १६ : ५७ मा प्रकाशित

अर्घाखाँचीको देउरालीमा एनआईसी एशियाकाे शाखारहित बैंकिङ्ग सेवा संचालन, स्थानीयवासीलाई यस्तो फाइदा

अर्थ संसार, काठमाडौं – अर्घाखाँचीको देउरालीमा एन आई सी एशियाकाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएकाे छ । एन आई सी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा आफ्नाे ४५औं शाखारहित बैंकिङ्ग सेवा पौष ११ गतेबाट संचालनमा ल्याएको हाे ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री शोभाखर पाण्डेज्यूूको उपस्थितिमा सुसम्पन्न भएकाे छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रूपमा श्री कृष्ण प्रसाद पाण्डेज्यूलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको