Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लघुवित्तकाे लाभांश पारित, कति दिने भाे ?

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १६ : ३७ मा प्रकाशित

नेपाल एग्रो लघुवित्तकाे लाभांश पारित, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजाे (पुस १२ गते) सिटी स्क्वायर प्रा.लि., न्यूरोड, पोखरामा सम्पन्न चौंथो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ३ लाख ९३ हजार २४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १ गतेदेखि १२ गतेसम्म शेयरधनी दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ, उक्त लाभांश मंसिर ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेको शेयरधनीहरुले मात्र पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको