Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, ११ : १३ मा प्रकाशित

नेपाल टेलिकमकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेकाे छ । पुस २९ गते साधारण सभा बोलाएको टेलिकमले ४५% नगद लाभांश दिने भएको छ ।

उक्त साधारण सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे सुरु हुने भएकाे छ । सभा प्रयोजनका लागि टेलिकमले भाेली पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । आज (सोमबार) सम्म कायम शेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

सभामा कम्पनीकाे मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय कम्पनी, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजीमा लगानी गर्ने, विद्युत र उर्जा उत्पादन, प्रशारण वा वितरण गर्न र इन्फ्रस्ट्रचर सेयरिङ गर्ने प्रयोजन समेतका लागि सेवामूलक कम्पनी खोल्ने वा त्यस्ता कम्पनीमा ऋण समेत लगानी गर्नका लागि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभामा राखिने भएकाे छ ।

त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेकाे छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको