Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र काराेबार दुवै बढ्याे

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १५ : ०६ मा प्रकाशित

नेप्से र काराेबार दुवै बढ्याे

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार ५.५३ अंकले बढेको छ । कुल १७७ वटा कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर खरिदविक्री हुँदा ६२ करोड २३ लाख ६३ हजार ४८८ रुपैयाँको कारोबार भएकाे छ । 

सिभिल बैंकको शेयरबाट म पनि ९ वर्षदेखि पीडित छु : इच्छराज तामाङ्ग, अध्यक्ष- सिभिल बैंक (भिडियोसहित)

११६२.४३  विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११६७.९५ अंकमा आइपुगेको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

बढेको शेयर बजारमा व्यापार १५.१६ अंक, होटल ६.९५ अंक, निर्जिवन लाइफ ६१.९१ अंक, उत्पादन  ५९.८९ अंक, अन्य  ६.५३ अंक, माइक्रोफाइनान्स ३.७५ अंक, लाइफ इन्स्योरेन्स २५६.५३ अंक र सामूहिक लगानी कोष समूह ०.१३ अंकले बढेको छ ।

त्यसैगरी, बैकिङ २.२ अंक, विकास बैंक १.३५ अंक, जलविद्युत ५.१६ अंक र फाइनान्स २.३६ अंकले घटेको छ ।

साेमबार कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । 

 

 

 

5e09cb2568a13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको