Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले गर्यो विदेशबाट पैसा ल्याउने सम्झौता

निशा हुमाँगाई

सोमबार, १४ पुस २०७६, १५ : ५४ मा प्रकाशित

माछापुच्छ्रे बैंकले गर्यो विदेशबाट पैसा ल्याउने सम्झौता

अर्थ संसार, काठमाडौं – माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित MASHREQ (माश्रिक बैंक) बाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ ।

हिजाे (मिति २०७६ पौष १३ गते आईतबार) दुवईस्थित MASHREQ (माश्रिक बैंक) बाट नेपालमा रकम भित्र्याउने सम्बन्धि सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा MASHREQ (माश्रिक बैंक) को तर्फबाट नेपालका लागि प्रमुख देशिय प्रतिनिधि हेमा अधिकारीज्यूले हस्ताक्षर गरेका छन् । 

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

१० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित MASHREQ (माश्रिक बैंक) बाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको