Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार कुन देशकाे विनिमयदर कति ?

निशा हुमाँगाई

मंगलबार, १५ पुस २०७६, १० : ५७ मा प्रकाशित

मंगलबार कुन देशकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार)  ओमानी रियाल, कोरियन वन, मलेसियन रिंगिट र कतारी रियालको भाउ बढेको छ । त्यस्तै, अरु विदेशी मुद्राको भाउ भने घटेको छ । 

नेपाल राष्ट्र बैंकले ताेकेकाे विनिमयदर अनुसार आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४१ पैसा रहेको छ । मंगलबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ११ पैसा रहेको छ । 

यसका साथै, कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको