Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीकाे शेयर मूल्य समायोजन

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १० : १५ मा प्रकाशित

नेप्सेमा चार कम्पनीकाे शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त, सिन्धु विकास बैंक र ज्योति विकास बैंककाे शेयरमूल्य समायोजन भएको हाे ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाकाे २.५० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ४८७ रुपैयाँ ८० पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

समीट लघुवित्त

समीट लघुवित्तकाे २१.१० प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ५४० रुपैयाँ ९० पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

सिन्धु विकास बैंक 

सिन्धु विकास बैंककाे ११.५१ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंककाे १२.७५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता  १४९ रुपैयाँ ८९ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको