Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षले बढायो विनिमयदरको भाउ

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १० : ३२ मा प्रकाशित

नयाँ वर्षले बढायो विनिमयदरको भाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) नयाँ वर्षकै दिन सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे विनिमयदर अनुसार बुधबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेकाे छ ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा ताेकिएको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ०५ पैसा ताेकिएको छ ।

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट !

त्यसैगरी, आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

यसका साथै, बुधबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा तोकिएको छ । र बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको