Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण रकम भुक्तानी

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १३ : ३४ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण रकम भुक्तानी

अर्थ संसार, काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी गरेको छ ।कम्पनीले बीमित स्वः केवल प्रसाद वस्नेतले ४८ हजार ७ सय ६४ रूपैयाँ बीमा शुल्क भुक्तानी गरी ५ लाख बीमाङ्कको जीवन बीमा गरेका निजको श्रीमती तीला वस्नेतलाई ५ लाख १७ हजार ५ सयकाे चेक रकम भुक्तानी गरेकाे हाे ।

कम्पनीका महाप्रबन्धक कमल राज गौतमले उक्त चेक हस्तान्तरण गर्नुभएको हाे ।साथै सोही अवसरमा सल्यान जिल्लामा बिमाजागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ ।

गोरख बहादुर के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कम्पनीका महाप्रबन्धक कमल राज गौतम हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गर्नु भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमल राज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पार्नु भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको