Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद, के कुरा भयाे ?

निशा हुमाँगाई

बुधबार, १६ पुस २०७६, १२ : ३३ मा प्रकाशित

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद, के कुरा भयाे ?

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भएकाे छ । संवादमा उहाँहरुले एक आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ ।

दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको कुरा सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकाेमा आज प्रधानमन्त्री तहमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० मा टेलिफोन संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार थापाले जानकारी दिए । उहाँहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्नुभएको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

यसका साथै संवादमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गर्नुभएको थियो । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको