Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको संचालकको भ्रमण भत्ता २ सय गुणाले बढ्यो,अब कति पुग्यो ?

अर्थ संसार

विहीबार, १७ पुस २०७६, ०८ : २२ मा प्रकाशित

सनराइज बैंकको संचालकको भ्रमण भत्ता २ सय गुणाले बढ्यो,अब कति पुग्यो ?

अर्थ संसार, काठमाडौं- सनराइज बैंक लिमिटेडको संचालक समितिको  बैठक भत्ता र भ्रमण भत्ता  ह्वात्तै बढेको छ ।

स्वदेशमा भन्दा पनि विदेशको भ्रमण भत्ता ह्वात्तै बढेको हो । गत कार्तिक १५ गते सम्पन्न भएको बैंकको १२ औं वार्षिक साधारणसभाले अनुमोदन गरी भ्रमण भत्ता र बैठक भत्ता बढेको हो ।

बैठक भत्तामा अध्यक्षको प्रति बैठक १२ हजारबाट २० हजार र अन्य संचालक समितिको प्रति बैठक १० हजारबाट १६ हजार पुगेको छ ।

त्यसै गरी भ्रमण भत्तामा स्वदेशमा दैनिक भत्ता १ हजारबाट ३ हजार, भारतमा दैनिक भत्ता १ हजारबाट  ३ हजार रुपैयाँ प्रतिदैनिक भत्ता र भारत बाहेक अन्य विदेशी  मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १ सय रुपैयाँबाट अमेरिकी डरल प्रतिदैनिक भत्ता ३ सय रुपैयाँ पुगेको छ ।

तर  अध्यक्ष र संचालक समितिले गत आर्थिक वर्षमा कति स्वदेश र विदेश भ्रमण गरे त्यो भने लुकाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको