Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति लाभांश दिँदै ?

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, १० : ४५ मा प्रकाशित

समता लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति लाभांश दिँदै ?

अर्थ संसार, काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेकाे छ । पुस २९ गते साधारण सभा आह्वान गरेकाे संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि (शुक्रबार) बाट बुकक्लाेज गर्ने भएकाे छ ।

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

संस्थाकाे छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुने भएकाे छ । उक्त सभामा संस्थाकाे सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५.५२ प्रतिशत कर प्रयाेजन गरी कूल १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा एक जना महिला सञ्चालक निर्वाचन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आवश्यक मापदण्ड पुरा भइसकेको हुँदा राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने लगायतका प्रस्तावहरु पारित गर्ने एजेन्डा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको