Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्त वित्तीयको आज, शेयरधनीको हातमा बम्पर लाभांश

अर्थ संसार

आइतबार, २० पुस २०७६, ०८ : १० मा प्रकाशित

स्वावलम्बन लघुवित्त वित्तीयको आज, शेयरधनीको हातमा बम्पर लाभांश

अर्थ संसार, काठमाडौं- आकर्षक लाभांश प्रस्ताव सहित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आइतवार  (आज) १८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस वर्ष कम्पनीले शेयरधनीहरुका लागि २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश प्रस्ताव सभा पेश गर्दैछ । कम्पनीले हाल कायम ६२ करोड ८८ लाख ८८ हजारको आधारमा उक्त लाभांश दिन लागेको हो ।

आरएमडीसी लद्युवित्तको हाकिमको तलव /भत्ता ३ करोड २१ लाख, कर्मचारी खर्च कति ? 

सभा विहान ११ बजे एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा शुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले पुस १ गतेदेखि बुक क्लोज गरेकाले मंसिर ३० गतेसम्म शेयर कायम गरेका सदस्यहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको २६ प्रतिशत बोनस शेयरमा पुस १ गते मूल्य समायोजन गरेको थियो । नेप्सेले बोनस पश्चात  ८१८ दशमलव २५ प्रतिशत मूल्य तोकेको हो ।

यो मूल्य बिहीवारसम्मको कारोबारमा ८६२ कायम भएको छ । यस दिन कम्पनीको मूल्य ८ ले बढेको हो । मूल्य समायोजन पश्चात पनि कम्पनीको मूल्य बढेको छ ।

यस कम्पनीले चालू आर्थिक वर्षको व्यवसायिक योजना बमोजिम ६१ ओटा जिल्लामा ५ ओटा शाखा तथा उपशाखा कार्यालय थप गरी १४३ ओटा कायम गरिसकेको छ ।

यस आर्थिक वर्षभित्र १८ अर्ब ८४ करोड कर्जा प्रवाह र १० अर्ब २३ करोड निक्षेप संकलन गर्ने कम्पनीको लक्ष्य रहेको

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको