Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेण्टले सुरू गर्याे बिजनेस क्लिनिक, के-के छन् सुविधा ?

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १४ : ४४ मा प्रकाशित

नबिल इन्भेष्टमेण्टले सुरू गर्याे बिजनेस क्लिनिक, के-के छन् सुविधा ?

अर्थ संसार, काठमाडौं –  नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेडले अँग्रेजी नयाँ वर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेस क्लिनिक संचालनमा ल्याएको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

उक्त सेवाबाट सर्वसाधारण लगानी कर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरू र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूका लागि निकै उपयोगी हुने देखिएको छ । बिजनेस क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरूको सम्भावना तथा समस्याहरूलाई पहिचान गरी समाधान गर्ने उद्देश्यले सुरू गरिएको परामर्श सेवा हो ।

यसबाट ग्राहकहरूले नबिल इ्रन्भेष्टमेण्टका लगानी विशेषज्ञहरूद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने देखिन्छ ।  

यस सेवा अन्तर्गत ग्राहकहरूले तल उल्लेख गरिए बमोजिमको परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ । 

१.  ईक्विटी परामर्श
२. लगानी व्यवस्थापन सम्बन्धि परामर्श
३. कर्जा तथा ऋण सम्बन्धि परामर्श
४. पूँजी संरचना सम्बन्धि परामर्श
५. दैनिक कार्यसंचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श
६. व्यापार पुनर्रसंरचना/पुनर्रगठन सम्बन्धि वित्तीय परामर्श
७. व्यापार/व्यावसाय विस्तार सम्बन्धि परामर्श
८. व्यापार सुरू गर्ने सम्बन्धि परामर्श
९. सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श
१०. पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श
११. पोर्टफोलियो फेरबदल/पुनरसंरचना सम्बन्धि परामर्श
१२. शेयर खरिद/बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श
१३. निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श 
 १४. सम्पत्ति/धन व्यवस्थापन सम्बन्धि परामर्श
१५. व्यापार रणनीति सम्बन्धि परामर्श
१६. बजारीकरण रणनीति सम्बन्धि परामर्श

त्यसैगरी, यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले प्रदान गरेको छैन । तसर्थ, यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरू वा आफ्नो व्यापारलाई रणनीतिक रूपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूको लागि निकै नै सहयोगी र फलदायि सिद्ध हुने देखिन्छ । 

उक्त सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक शुक्रबार बिहान १० बजे देखि दिनको १ः०० बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन आउँदा रू. १००० को टिकट काट्नु पर्नेछ र साे टिकटबाट १ महिनासम्म प्रत्येक शुक्रबार परामर्श लिन सकिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको