Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ४५ प्रतिशत लाभांश पारित

बुधबार, १९ असोज २०७३, ११ : २७ मा प्रकाशित

नबिल बैंकको ४५ प्रतिशत लाभांश पारित


काठमाडौं–नबिल बैंकको मंगलबार भएको ३२ औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरिएको नगद लाभांश १५ प्रतिशत र बोनस शेयर ३० प्रतिशत पारित गरेको छ । बैकले गत आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ८१ करोड ९३ लाख खुद नाफा कमाएएको थियो । जुन अघिल्लो वर्ष भन्दा ३५ प्रतिशतले बढी हो । बैंकको नेटवर्थ ११ अर्ब ५९ करोड रहेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले   बैंकको पूँजी योजनाबारे प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार सम्ममा ८ अर्ब पुर्याउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरेअनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पूँजी यसै बर्ष ६ अरब १८ करोड पुगेको जनाए । उनले अर्को बर्ष सजिलै ८ अरव पुर्याउने बताए ।

सभामा सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको तर्फबाट निर्विरोध निर्वाचित शेयरधनिहरु शम्भुप्रसाद पौड््याल तथा दयाराम गोपाल अग्रवाल एवं शेयरधनि समूह “ख” वर्गको तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध भएको घोषणा गरिएको थियो ।
 
सोही समारोहमा बैंकले विगत केही वर्षदेखि गर्दै आएका शेयरधनी सम्मान अन्तर्गत शेयरधनीहरु डा. सुन्दरलाल श्रेष्ठ र राजेश शाक्यलाई बैंकको व्यसायिक संचालन तथा बैंकको सम्पूर्ण हित तथा प्रतिष्ठा वृद्घि गर्ने सम्बन्धमा निरन्तर रुपमा दिदै आएको सल्लाह तथा सुझावहरुको मुल्याङ्कन गर्दै कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको