Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तले आजबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, १० : ४० मा प्रकाशित

इन्फिनिटी लघुवित्तले आजबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (मंगलबार) देखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ ।  संस्थाकाे गत पुस १८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले पारित गरे बमाेजिम आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट छुट्टाइएकाे  ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेकाे हाे । 

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

उक्त सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयाेजनार्थ सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

संस्थाले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा आइपीएसमार्फत लाभांश जम्मा गर्ने भएको हो ।

यसका साथै, हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि मात्र उक्त लाभांश जम्मा हुने भएकाले खाता अद्यावधिक गराउन संस्थाले आग्रह गरेकाे छ ।

संस्थाकाे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

5e142f91d91fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको