अर्थ संसार, काठमाडौं – आज (बिहिबार) शेयर बजार ३.५१ अंकले बढेकाे छ । कुल १७७ वटा कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर खरिदविक्री हुँदा ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपैयाँको कारोबार भएकाे छ ।
१२०९.६० विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १२१३.११ अंकमा आइपुगेको छ ।
व्यापार ४.२५ अंक, विकास बैंक ६.७९ अंक, निर्जिवन लाइफ ९५.४१, माइक्रोफाइनान्स ६३ अंक र लाइफ इन्स्योरेन्स १९.१२ अंकले बढेको छ ।
त्यसैगरी, बैकिङ १.४२ अंक, होटल ७.३९ अंक, जलविद्युत १.०५अंक, फाइनान्स ०.३४ अंक, उत्पादन १०.५१ अंक, अन्य २.५६ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस