अर्थ संसार, काठमाडौं– एनएमबी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभाले संचालक समितिको प्रस्तावित बैठक भत्ता पारित गरेको छ । बैठक भत्ता पारितसँगै संचालक समितिको बैठक भत्ता ३८ प्रतिशतले बढेको हो ।
बैंकको विद्यमान व्यवस्था अनुसार संचाल समितिको प्रति बैठक अध्यक्षालाई १३ हजार रुपैयाँ र संचालकलाई १२ हजार रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेको तलव भत्ता अध्यक्षको प्रति बैठक १८ हजार रुपैयाँ र संचालकको १६ हजार पुगेको छ ।
शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयर दिएको छ ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस