Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकका हाकिमले बुझे २ करोड ३२ लाख, कर्मचारी खर्च अर्ब नजिक

अर्थ संसार

आइतबार, २७ पुस २०७६, ०८ : ४५ मा प्रकाशित

प्राइम कमर्सियल बैंकका हाकिमले बुझे २ करोड ३२ लाख, कर्मचारी खर्च अर्ब नजिक

अर्थ संसार, काठमाडौं -प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सिइओ) लाई १ करोड ९७ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ । 

बैंकले सिइओलाई तलव ५७ लाख ६० हजार रुपैयाँ, भत्ता ३८ लाख ४० हजार रुपैयाँ, दशैं भत्ता ८ लाख रुपैयाँ र सञ्चयकोष ५ लाख ७६ हजार रुपैयाँ गरी कुल १ करोड ९७ लाख ६ हजार रुपैयाँ खर्च गरेहेको हो । बैंकको सिइओमा नारायण दास मानन्धर रहेका छन् ।

बालुवाटारको जग्गा प्रकरण : प्राइम बैंकको पनि लगानी, सिइओ नारायनदासको यस्तो प्रतिक्रिया (भिडियो) 

त्यसै गर गत आर्थिक वर्षमा  अन्य पदाधिकारीलाई तलव ६६ लाख १५ हजार ३६० रुपैयाँ, भत्ता ४१ लख २८ हजार  रुपैयाँ, दशैं भत्ता ८ लाख ९५ हजार २८० रुपैयाँ र सञ्चयकोष ६ लाख ६१ हजार ५३६ रुपैयाँ गरी कुल  १ करोड २३ लाख १७६ रुपैयाँ खर्च गरेको छ । बैंकले सिइओ र अन्य पदाधिकारीलाई गरी २ करोड ३२ लाख ७६ हजार १७६ रुपैयाँ खर्च गरेको छ ।

१८ % लाभांश दिएको कैलाश विकास बैंकको कर्मचारी खर्च ४१ करोड, सिइओको तवल /भत्ता ? 

त्यसै गरी बैंकले कर्मचारी खर्चमा ८८ करोड ८३ लाख ३५ हजार ६१ रुपैयाँ खर्च गरेको छ । बैंकले  सञ्चालक खर्चमा ३५ करोड ९ लाख ४६ हजार ३५८ रुपैयाँ खर्च गरेको छ । 

त्यसै गरी सञ्चालक बैठक भत्ता २७ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।  सञ्चालक समितिका सदस्यहरुले टेलिफोन मोबाईल पत्रपत्रिका तथा अन्य खर्चहरु वापत १४ लाख ५८ हजार २७९ रुपैयाँ खर्च गरेको छ । 

बैंकको १२ औं वार्षिक साधारणसभा पुष २५  गते शुक्रबार आर्मी अफिसर्स क्लब, सुनधार, काठमाडौंमा सम्पन्न गरेको छ । बैंकले १६ प्रतिशत बोनस शेयर  दिएको थियो  । साधारणसभाबाट कैलाश विकास बैंकलाई प्राप्ति गर्न स्वीकृती पाएको छ ।

प्राइमको साधारणसभाले दियो कैलाशलाई प्राप्ति गर्ने अनुमति, चुक्ता पुँजी अब १४ अर्ब 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको