Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तले आजदेखि लाभांश  दिँदै, शेयरधनीहरुलाई  यस्ताे आग्रह

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, १३ : ११ मा प्रकाशित

आरएमडीसी लघुवित्तले आजदेखि  लाभांश  दिँदै, शेयरधनीहरुलाई  यस्ताे आग्रह

अर्थ संसार, काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बुधबार) बाट आफ्ना शेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्ने व्यवस्था गरेकाे छ । बैंककाे पुस २३ गते सम्पन्न  २१ औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे १२.५० प्रतिशत नगद लाभांश (करसहित) जम्मा गर्ने भएकाे हाे ।

संस्थाले पुस १० गतेसम्म आफ्नाे हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरेको हो । 

यसैगरी, संस्थाले आफ्नाे बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई  आग्रह गरेकाे छ । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको