Like us!
Follow us!
Connect us!
Watch us!

माघ लागेसँगै शेयर बजारमा चमक, ९० करोडको कारोबार

निशा हुमाँगाई

बुधबार, ०१ माघ २०७६, १५ : ०३ मा प्रकाशित

माघ लागेसँगै शेयर बजारमा चमक, ९० करोडको कारोबार

हेरौं, आजको शेयर तालिका ।

अर्थ संसार, काठमाडौं – माघ महिनाकाे पहिलाे दिन आज (बुधबार) शेयर बजार २०.८५ अंकले बढेकाे छ । कुल १७७ वटा कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता शेयर खरिदविक्री हुँदा  ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँको कारोबार भएकाे छ ।

१२६३.३८  विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२८४.२३ अंकमा आइपुगेको छ ।

बुधबार बैंकिङ २७.१६ अंक, व्यापार ६३.४७ अंक, विकास बैंक ३५.४२ अंक, जलविद्युत ४.२९ अंक, फाइनान्स २०.१२ अंक, निर्जिवन लाइफ २३.६३ अंक, माइक्रोफाइनान्स २७.२ अंक, लाइफ इन्स्योरेन्स ८१.०७ अंक र सामूहिक लगानी कोष समूह ०.०८ अंकले बढेको छ ।

त्यसैगरी, बुधबार होटल ३.५४ अंक, उत्पादन १६.०६ अंक र अन्य ०.८४ अंकले घटेकाे छ ।

‘नियमक निकाय कडा हुनुपर्छ, संस्थागत सुशासनलाई अझै कडा बनाउँछु’– भिष्मराज ढुंगाना, अध्यक्ष ,धितोपत्र बोर्ड (भिडियोसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको